गायक आर के गोम्बाले ल्याए ‘ए गाँठे झ्याप्पै फसायो’ म्युजिक भिडियो सार्वजानिक (भिडियोसहित)
- विकास टाइम्स संवाददाता
प्रकाशित मिति : 19 June, 2021
काठमाडौं । गायक आर के गोम्बाको ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।
डिपि खनालले लेखेको उक्त गीतलाई बाबुल गिरीले संगित र संगीत संयोजन गरेका हुन । भिडियोमा चक्र बम, रचना गौतम, आरके परियार र सोना घिमिरेको अभिनय रहेको छ । गौरव गिरिले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीको छायांकन, तारा थापाले सम्पादन र श्याम कुँवरले कलर गरेका हुन् ।