हेर्नुहोस् अनन्तको निर्देशनमा ‘कुमारी’ सर्ट फिल्म
- विकास टाइम्स संवाददाता
प्रकाशित मिति : 11 July, 2021

- विकास टाइम्स संवाददाता
प्रकाशित मिति : 11 July, 2021

काठमाडौँ । अनन्तप्रसाद तिमिल्सिनाले निर्देशन गरेको सर्ट फिल्म ‘कुमारी’ युट्युबमार्फत सार्बजनिक गरिएको छ ।
बिहीवार पानस मिडियाबाट रिलिज गरिएको उक्त सर्ट फिल्ममा निर्देशक तिमिल्सिना र निरुता खड्काको अभिनय रहेको छ ।
८ मिनेटको सर्ट फिल्मले यौन व्यवसायमा लागेका महिलाहरुलाई त्यहाँबाट निकालेर सामान्य नागरिकसरह समाजमा स्थापित गर्नुपर्ने विषयलाई जोड दिएको छ ।
फिल्ममा निरुता यौनकर्मीको भूमिकामा देखिएकी छन् भने अनन्त उनकी गाउँले दाईको भूमिकामा छन् ।
तारा थापा किम्भेले सम्पादन गरेका उक्त फिल्म अनन्त तिमिल्सिनाले नै लेखेका हुन् । फिल्मलाई खुशी तिमिल्सिना र अरोज तिमिल्सिनाले निर्माण गरेका हुन् ।
https://www.youtube.com/watch?v=J_yYvBkf3js
प्रतिक्रिया दिनुहोस्

