१४औं महाधिवेशनमा आफू निर्वाचन लड्ने सहमति पहिल्यै भएको सिंहको खुलासा
विकास टाइम्स
प्रकाशित मिति : 18 September, 2021

विकास टाइम्स
प्रकाशित मिति : 18 September, 2021

कांठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्व महामन्त्री प्रकाशमान सिंहले १३औं महाधिवेशनमा सभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा डा . शशांक कोइराला निर्वाचन लड्ने सहमति हुँदा नै १४औं महाधिवेशनमा सभापति पदमा आफूले लड्ने सहमति भएको बताउनु भएको छ ।
स्वर्गीय गणेशमान सिंहको २५औं स्मृति दिवसको अवसरमा शोभा भगवतीमा रहेको शालिकमा माल्यार्पण पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिँहले यस्तो खुलासा गर्नुभएको हो ।
उहाँले पार्टीलाई सबल समुद्ध बनाउनका निम्ती र विधान सम्मत सञ्चालन गर्नका निम्ती आफ्नो उम्मेदवारी भएको समेत जानकारी दिनु भयो । उहाँले सभापति देउवा इतर का बीच सहमति भई एक उम्मेदवार हुने समेत दावी गर्नुभयो । नेता सिँहले उम्मेदवारीबाट फिर्ता हुन न्यायसंगत (कन्भिन्स्) हुन जरुरी रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्

