Logo

‘स्वच्छ बुल्दी अभियान’ सुरु


तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दी खोलालाई स्वच्छ राख्न ‘स्वच्छ बुल्दी अभियान’ सुरुआत भएको छ । व्यास नगरपालिका क्षेत्रमा रहेको बुल्दी खोलालाई सफा र स्वच्छ राख्न रोट¥याक्टक्लब अफ दमौली र रोटरी क्लब दमौलीले सो अभियान सुरु गरेका हुन् ।

सामाजिक उत्तरदायित्व बहन गर्दै क्लबले उक्त अभियान सुरु गरेको क्लबका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिए । संविधान दिवसको अवसर पारेर क्लबले आइतबारदेखि उक्त अभियान शुभारम्भ गरेको हो । “संविधान जारी भएर हरेक नागरिकको हकअधिकार प्राप्त भए पनि सबैले आफ्नो कर्तव्य र दायित्वलाई आत्मसात् गर्नुपर्छ”, उनले भने, “आफ्नो सहर र प्राकृतिक स्रोतको संरक्षण गर्न एउटा अभियान थालेका हौँ ।” उनका अनुसार प्रत्येक महिनाको दुई शनिबार बुल्दी सफाइ अभियान सञ्चालन गरिनेछ । यसका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गरिने उनले जानकारी दिए।

रोटरी क्लब दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले वातावरण संरक्षणका लागि रोटरी इन्टरनेशनलको मूल नारा रहेकाले यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन । क्लबले बुल्दी सफाइ अभियानसँगै बुल्दीको इतिहास र यसको सम्पदा रक्षाका लागि पनि आवाज उठाउने बताएको छ । अभियान शुभारम्भको अवसरमा व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण ९इ० का सेनाले सहयोग पु¥याएका थिए ।
रासस

प्रतिक्रिया दिनुहोस्