समातिए बुटवलका नगरप्रमुख सुवेदीलाई मुक्का हान्ने युवक
विकास टाइम्स
प्रकाशित मिति : 21 September, 2021

विकास टाइम्स
प्रकाशित मिति : 21 September, 2021

बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवक गणेश पंगेनी पक्राउ परेका छन्। उनले सोमबार पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका सुवेदीमाथि आक्रमण गरेका थिए। उनलाई सोमबार बेलुकी पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ। पंगेनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्
प्रतिक्रिया दिनुहोस्

