Logo

भौतिक संरचना निर्माणमा जोड


कोशी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युत्सहित भौतिक संरचना निर्माणमा उच्च प्राथमिकत दिएको छ । गाउँपालिका अध्यक्ष अयुव अंसारीले जनमैत्री र सुशासनमा जोड दिएको बताए । उनले रासससँग भने “विकास निर्माणमा उच्च प्राथमिकता, बजेट विनियोजनमा पारदर्शिता, समाजिक परीक्षण, विभिन्न पूर्वाधार निर्माण, नागरिक बडापत्र कार्यान्वयन गरिरहेका छौँ । ”

उनले गाउँपालिकाले सबै वडामा नागरिककै सहभागितामा योजना तथा विकास कार्यक्रमसमेत सञ्चालन गरिरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार विद्युत्सहित भौतिक संरचना निर्माणमा जोड दिएको बताए ।
रासस

प्रतिक्रिया दिनुहोस्