बालकृष्णको उमेदवारीले ओखलढुंगा कांग्रेसमा तरंग, जिल्लामा बालकृष्ण हेभिवेट उमेदवार
विकास टाइम्स
प्रकाशित मिति : 21 September, 2021


नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा नेता बालकृष्ण दाहालको उम्मेदवारी घोषणाले तरंग सृजना भएको छ । दाहालले नेपाली कांग्रेस ओखलढुंगाको संगठनलाई संस्थागत रुपमा संचालन गर्ने, आर्थिक पारदर्शीता कायम गर्ने, कांग्रेसको गौरबमय इतिहाँसलाई जोगाउने तथा संगठनमा देखिएका विकृतीलाई हटाउने नारासहित उमेदवारी घोषणा गरेपछि जिल्लामा तरङग पैदा भएको हो । दाहालको उमेदवारी घोषणाले इमान्दार र पार्टीको नेतृत्वबाट अन्यायमा परेका आम नेता कार्यकर्ताहरुमा उत्साह जागेको नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति गोमा केसीले बताइन् । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका दाहालले अनुशासित र जुझारु नेपाली कांग्रेस निर्माणका लागि आफ्नो दावी रहेको भन्दै जिल्लाका ८ स्थानीय तह र ७५ वटै वडामा प्रचार अभियान सकेका छन् ।
दाहालको उमेदवारीलाई ओखलढुंगामा हेभीवेट उमेदवारका रुपमा लिइएको छ । आम कार्यकर्तामा घुलमिल गर्ने सक्ने क्षामता भएका दाहाल जिल्लावासीका हरेक समस्यामा सहभागि हुने, जिल्लाको समग्र विकासमा दाहालको उल्लेख्य भूमिका रहेका कारण उनको उमेदवारीलाई आम ओखलढुंगे कांग्रेसले हेभीवेट उमेदवारका रुपमा लिएका छन् । अर्को तर्फ दाहालका प्रतिष्पर्धीका रुपमा रहेका तेजेन्द्र खनाललाई ओखलढुंगाको पार्टी संगठनमा दाहालले नै क्रियाशील बनाएको जिल्लाका नेताहरुले बताएका छन् । ती नेताहरुका अनुसार खनाललाई त्रिचन्द्र क्याम्पसतिर राजनीति गर्दै गर्दा बालकृष्ण दाहालले नै जिल्ला कार्यसमिति सदस्य बनाएका थिए । त्यसैगरि खनाल पार्टीको जिल्ला सचिव समेत दाहाल कै सहयोगमा बनेका थिए ।
ओखलढुंगा जिल्लाको संसदीय निर्वाचनमा उम्मेदवार समेत रहेका दाहाल विभिन्न सामाजिक संघ संस्था मार्फत जिल्लाको समाजसेवामा पनि सक्रिय रहेका छन् । जसका कारणले जिल्लाभर दाहालको पकड बलियो रहेको कांग्रेस नेता कार्यकर्ताले बताएका छन् । नेपाली कांग्रेस ओखलढुंगाका कांग्रेस नेता कार्यकर्ताहरु जिल्ला सभापतिमा बालकृष्ण दाहालको विकल्प बालकृष्ण दाहाल नै भएको नारा सहित प्रचार प्रसारमा लागेका छन् । उनीहरुले ओखलढुंगा कांग्रेसलाई एकढिक्का बनाउनका लागि पनि बालकृष्ण दाहालबाट मात्र संभव भएको बताउदै आएका छन् ।
दाहालले प्रतिनिधिसभाको उमेदवार बन्ने मौका पाएपनि ओखलढुंगावासीको सेवा गर्ने अवसर नपाएको नेपाल विद्यार्थी संघका नेता एंव मोलुङ गाउपालिका २ का क्षेत्रिय प्रतिनिधि सन्तोष दाहालले बताए । सन्तोषले ओखलढुंगावासीले बालकृष्ण दाहालले के गरे भन्ने प्रश्न गर्ने अवस्था नभएको भन्दै त्यही प्रश्न गर्नका लागि उनलाई कांग्रेस जिल्ला सभापति बनाउनुको विकल्प नभएको बताए । बालकृष्ण दाहाललाई ओखलढुंगावासीले प्रतिनिधिसभा सदस्यमा चुनाव नजिताउदा र कांग्रेस कार्यकर्ताले अघिल्लो पटक जिल्लासभापति नबनाउदा समेत ओखलढुंगावासीको सेवा उनले कुनै कमी नगरेको नेता कार्यकर्ताको भनाई छ । बालकृष्ण दाहालले ओखलढुंगाको जिल्ला कार्यसमितिमा रहेर लामो समय काम गरेको बायोडाटा पेश गर्ने नेताहरुहरुको भन्दा धेरै काम गरेको नेपाली कांग्रेस ओखलढुंगाका पूर्व पार्टी सचिव टेकराज भट्टराईले बताए ।।।

