Logo

मोरङको क्रियाशील बारे थापालाई देउवाको जवाफ– त्यो क्रियाशील थप्दा शेखर बलियो बन्छ



नेपाली कांग्रेस मोरङ जिल्लाको क्रियाशील सदस्याता सम्बन्धी विवादका विषयमा सहमहामन्त्री सुनिल थापाले सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेर असंतुष्टी जनाएका छन् । पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको अरू पार्टीहरूबाट आएकाहरूको समायोजन समितिले मोरङमा एक हजार १०० राप्रपानिकट नेता–कार्यकर्ताहरूलाई सदस्यता दिने भनिएको थियो । अहिले यो संख्या घटेर ७५० र अहिले ५५५ मा आइपुगेको हो ।

यो विषयमा सहमहामन्त्री थापाले सभापति देउवासंग जानकारी माग्दा देउवाले क्रियाशील सदस्यता थप गर्दा डा शेखर कोइराला बलियो बन्ने भएकाले काटिएको जवाफ दिएका छन् । थापालाई देउवाले ‘त्यो भोटले शेखर बलियो बन्छ भन्ने सूचना आएको छ, म क्रियाशील पठाउदिनँ भन्ने जवाफ दिएका थिए ।

योसंगै मोरङको क्रियाशील सदस्याता विवादमा सभापति शेरबहादुर देउवा समूह र नेता शेखर कोइरालाबीचको टसल प्रष्ट देखिएको छ । देउवा भर्सेज कोइराला टसलले आजको वडा अधिवेशन विवादित बनेको छ । वडा अधिवेशन रोक्न माग गर्दै कार्यकर्ताहरू अदालतको शरणमा पुगेका छन् । राप्रपा परित्याग गरेर कांग्रेसमा समायोजन भएको सुनील थापा नेतृत्वको समूहले वडा अधिवेशन रोक्न माग गर्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको हो ।

आफूहरूले अधिवेशनमा भाग लिन नपाउने भएपछि विराटनगर–६ का महेशकुमार मिश्रा, हरिप्रसाद दाहाललगायतले निर्वाचन प्रक्रिया रोक्न माग गर्दै मुद्दा दर्ता गराएका हुन् । थापा समूहबाट महासमिति सदस्य रहेका मिश्राले आफूहरू अन्यायमा परेपछि अदालतको शरण लिनुपरेको बताए

प्रतिक्रिया दिनुहोस्