गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौँ : मन्त्री श्रेष्ठ
विकास टाइम्स
प्रकाशित मिति : 23 September, 2021

विकास टाइम्स
प्रकाशित मिति : 23 September, 2021

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताएका छन ।
बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारीदिए । सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने जनाउँदै उहाँले एक महिनाभित्रै प्रदेश साक्षर घोषणा हुने छ भने ।
रासस
प्रतिक्रिया दिनुहोस्

