Logo

नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी चयन, यस्तो छ जिम्मेवारी बाँडफाँट


काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवको जिम्मेवारी रामकुमारी झाँक्रीसहित अन्य तीन जनालाई दिइएको छ । पार्टीले आज
केन्द्रीय पदाधिकारी चयन गर्दै जिम्मेवारी समेत बाँडफाँट गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् ।

राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राई गरी सात जना उपाध्यक्ष बनेका छन् । महासचिवमा डा.बेदुराम भुसाल छन् भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल छन् । त्यसैगरी चार जनाले सचिवको जिम्मेवारी पाएका छन् । जसमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् ।

पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ भने ३५ सदस्यीय स्थायी कमिटी सो पार्टीले बनाएको छ । त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्