वसन्त चौधरीलाई हृदयघात भएको समाचारमा छैन सत्यता
विकास टाइम्स
प्रकाशित मिति : 24 September, 2021

विकास टाइम्स
प्रकाशित मिति : 24 September, 2021

काठमाडौ । नर्भिक अस्पतालले अस्पतालका संस्थापक वसन्तकुमार चौधरीको स्वास्थ्य गम्भीर भएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा सत्यता नभएको जनाएको छ। अस्पतालले आज विज्ञप्ति जारी गरी उक्त समाचारको खण्डन गरेको हो। नर्भिकका संस्थापक वसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भइ अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं,अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनी निजी प्रयोजनका लागि दुबई गएको र उनको स्वास्थ्य अवस्था गम्भीर नभएको अस्पतालले स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्

