Logo

राष्ट्रपति भण्डारीले गरिन राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज


राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। 

सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसानुसार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गरेकी हुन्। 

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्थासहित गत भदौ २ गते अध्यादेश जारी भएको थियो। 

राजनीतिक दल सम्बन्धी ऐनमा रहेको दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान परिवर्तन गरी अध्यादेशमार्फत केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत हुनुपर्ने प्रावधान बनाइएको थियो। अध्यादेशको सुविधा उपयोग गरी नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्