बुटवलका नवनिर्वाचित कांग्रेस सभापति पाण्डेले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
विकास टाइम्स
प्रकाशित मिति : 28 September, 2021


नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाले बाढी र पहिरोका पिडितहरुलाई तत्काल राहत दिन माग गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मंगलबार काँग्रेसका नवनिर्वाचित बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डे सहितको टोलीले मुख्यमन्त्री केसीलाई भेटेर बाढी र पहिरो प्रभावितका लागि प्रदेश सरकारले कुनै सहयोग नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
नगर समितिले बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनाको माग गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिरो तथा बाढी प्रभावितका लागी राहत दिन सरकार प्रतिवद्ध रहेको बताए ।
भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौ घर परिवार विस्थापित भएका छन् भने भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबार विहिन बनेका छन् ।

