मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
विकास टाइम्स
प्रकाशित मिति : 29 September, 2021

विकास टाइम्स
प्रकाशित मिति : 29 September, 2021

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् ।
रासस
प्रतिक्रिया दिनुहोस्

