म नवपरासीको विकासका लागि प्रतिवद्ध छु : नेता विष्णु कार्की
विकास टाइम्स
प्रकाशित मिति : 29 September, 2021


काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका ६ स्थित मध्यविन्दु भण्डारक थारु समाजले जितिया पर्वको अवसरमा जितिया विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेसका युवा नेता विष्णु कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा जितिया पर्वको शुभकामना दिनुहँुदै नेता कार्कीले त्यक्ष क्षेत्रको विकासका लागि आफू सम्पुर्ण रुपले लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । कार्कीले भन्नु भयो-‘म यो क्षेत्रको विकासका लागि सम्पुर्ण रुपले लाग्ने छु ‘
नेपालीका कांग्रसका निकै लोकप्रिय नेता कार्कीको घरमा विहानैदेखि थारु समुदायका विभिन्न व्यक्तिहरुको उपस्थिति भईरहेको छ । नेता कार्कीको निवासमा थारु समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको बाक्लो उपस्थिति भएको छ । यस क्षेत्रमा निकै आशा गरिएका नेता कार्कीले सबैसँग सम्वाद र भलाकुसारी गर्नुभएको छ ।

कार्यक्रममा नेता कार्कीसहित विभिन्न पार्टीका नेता, नेपाल प्रेस युनियनका सल्लाहकार एवम वरिष्ठ पत्रकार शिव लम्साल, थारु समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका छन् ।
जितिया पर्व मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरुमा सन्तानको सुख, शान्ति, समृद्धि र दिर्गायुको कामना गर्दै कठोर तपस्या बसी हिन्दु महिलाहरुले मनाउन गर्दछन् । विशेषगरी थारु समुदायका महिलाहरुले यो पर्व विशेष महत्वका साथ मनाउने गर्दछन् ।

