Logo

एकीकृत समाजवादीमा लाग्यो मन्त्रीको टुंगो, जसपामा छलफल जारी


एमालेमा विद्रोह गरेर देउवा सरकार गठनमा निर्णय भूमिका खेलेका माधव नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्री पाउने छ । जसमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने छन् ।


एकीकृत समावादीबाट खतिवडाको नेतृत्व गर्ने विषय समेत टुंगिएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाले पनि मन्त्री छनोटमा पार्टीभित्र कुनै समस्या नभएको बताए । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न चाहँदा अब एकीकृत समाजवादीमा कुनै बाधा नरहेको उनको भनाइ छ ।

यी हुन् जसपाबाट मन्त्री बन्नेहरु

जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई जिम्मा दिएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा पठाउने मन्त्री छनोटका लागि परामर्श भइरहेको जसपाका नेता महेन्द्र राय यादवको भनाइ छ । तर नेतात्रयले मन्त्री बन्ने नेताहरूको नाम टुंगाइसकेको जसपाको एक नेताले बताए । ती नेताका अनुसार राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ । अध्यक्ष यादव सरकारमा नगएको अवस्था नेता श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्