Logo

नवलपुरका कांग्रेस नेता विष्णु कार्कीको निवासमा थारु महिलाको भीड (फोटो फिचर)


सन्तानको सुख, शान्ति, समृद्धि र दिर्गायुको कामना गर्दै कठोर व्रत बसी मिथिलाञ्चलसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा हिन्दु नारी (विशेष गरी थारु महिला)ले मनाउने जितिया पर्वको अवसरमा नवलपुरका कांग्रेस नेता विष्णु कार्कीको निवासमा विहानैदेखि भीड लागेको छ । नवलपुरको सुस्ता पूर्वमा पर्ने मध्यविन्दु नगरपालिका ६ स्थित कार्कीको निवासमा थारु समुदायका विभिन्न संघसंस्थाहरुले विभिन्न सांस्कृतिक झाँकी (लाठी नाच, झाम्टा बार्ने) लगायत प्रस्तुति देखाएका छन् ।

जितिया पर्वको शुभकामना दिनुहुँदै नेता कार्कीले थारु विभिन्न संस्कार संस्कृति, पर्व र रितिरिवाजको संरक्षणमा आफू लागिपर्ने बताउनु भएको छ । समाजको विकासका लागि भौतिक विकास मात्रै पर्याप्त नरहेका भन्दै सांस्कृतिक विकास अनिवार्य रहेको कार्कीले बताउनु भयो । नेता कार्कीले थारु समुदायका विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग समेत गर्नु भएको छ । संघसंस्थाको विकास र संरक्षणका लागि पनि आफू प्रतिवद्ध रहेको बताउनु भएको छ ।

हुर्नुहोस् कार्कीको निवासमा जितिया पर्वको रौनक :

प्रतिक्रिया दिनुहोस्