Logo

के भयो प्रभु साह र ओलीबीच बालकोटमा संवाद्


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट प्रभु साहलाई बोलाएर भेटेका छन्। 

बिहीबार साहलाई बालकोटमा बोलाएर आफ्नो तर्फबाट सहमति गर्न तयार भएकाले मिलेर जान ओलीले आग्रह गरेका हुन्।

‘मैले तपाईंसँग के-के सहमति गर्नुपर्ने हो, त्यो गर्न तयार छु। तपाईं हामी मिलेर जाऔं,’ ओलीको भनाइ उदृढ गर्दै ओली निकट एक नेताले भने। 

तर, साहले तत्कालीन नेकपामै निरन्तरता हुनुपर्ने बताए। ‘नेकपाले मान्दै आएको विचार सिद्धान्त मान्ने भएमा त्यो सबै लिखित रुपमा सहमति भए एउटै पार्टीमा बस्न तयार छु,’ उनले भने। 

तत्कालिन नेकपामा विवाद आएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालपक्षलाई छोडेर साह ओलीपक्षमाा गएका थिए। 

प्रचण्ड–नेपालको साथ छोडे लगतै ओलीले उनलाई सहरी विकासमन्त्री बनाएका थिए। उनी ओलीपक्षमा पुगेपछि गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूउँत्याइदिएको थियो। 

साह एमाले भएपछि पार्टीमा असन्तुष्ट बढ्दै आएको छ। उनी पछिल्लो समय आईटी आर्मीको रुमपा सक्रिय छन्। पछिल्लो समय साह आफूलाई एमाले भन्न समेत रुचाउँदैनन्।

प्रतिक्रिया दिनुहोस्