कमेडीयन डोरेश र सरोज नयाँ सो मार्फत पुंन पर्दामा देखिदै
विकास टाइम्स
प्रकाशित मिति : 30 September, 2021


काठमाडौं , नेपाली स्ट्याण्ड अप कमेडियन डोरेश खतिवडा साथै सरोज भण्डारी केही समयको अन्तराल पछी पुंन पर्दामा देखीने भएका छन् ।
स्ट्याण्ड अप कमेडी सो नेप ग्याजमको माध्यमबाट आम नेपालीलाई हसाएका सरोज र डोरेश पुंन एकपटक द्याट्स माई सो मार्फत् पुंन नेपाली स्ट्याण्ड अप कमेडीमा आउन लागेका हुन् ।
विकास टाईम्स सँग कुरा गर्दै डोरेशले असोज १५ गतेबाट कमेडीयन सरोज भण्डारीको युट्युव च्यानल बाट प्रसारण हुने बताए ।
उनले भने “केही समय दर्शकलाई स्ट्याण्ड अप कमेडी प्रस्तुत गर्न सकेनौँ अब भने पुंन दर्शक हसाउन आएका छौँ “
जोडी कमेडीयन मध्येका अर्का कमेडीयन सरोज भण्डारीले पहिला जस्तै यसपटक पनि दर्शकको माया पाउने आश व्यक्त गरे
उनले भने “यसपटक पनि नयाँ केही प्रस्तुत गर्दै छौँ”
स्ट्याण्ड अफ कमेडीयन डोरेश र सरोज विभिन्न समाज परिवर्तन गर्ने सुचना मुलक भिडियो सामाग्री पनि बनाउदै आएका छन् ।
डोरेश र सरोजको नयाँ सो https://youtube.com/c/SarojBhandariofficial मार्फत भोलीबाट हेर्न सकिनेछ ।

