कांग्रेस मुस्ताङ सभापतिमा पौडेल निकट रोमी गौचन थकाली सर्वसम्मतले चयन
विकास टाइम्स
प्रकाशित मिति : 2 October, 2021

विकास टाइम्स
प्रकाशित मिति : 2 October, 2021

काठमाडौं । नेपाली काङ्ग्रेसको मुस्ताङ सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।
आज शनिबार भएको जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रुपमा जिल्ला सभापति भएका हुन्। थकाली सर्वसम्मत मुस्ताङ सभापति चयन भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।
थकाली पूर्ववाणिज्य मन्त्रीसमेत हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।
काङ्ग्रेसले एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि शनिबार विभिन्न हिमाली जिल्लामा अधिवेशन गरेको छ।
हिमाली जिल्लाको अधिवेशन दशैँ अघि नै सम्पन्न गर्ने भनिए पनि केही जिल्लाहरुमा भने रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्

