Logo

रुकुम पूर्वको कांग्रेस सभापतिमा पौडल निकट केशरमान रोका निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मतले निर्वाचित भएका छन् । पूर्वसहायक मन्त्रीसमेत रहेका रोका निवर्तमान पार्टी सभापति पनि हुन् । रोका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

लुम्बिनी प्रदेशका जिल्लामध्येमा सभापति निर्वाचित हुने रोका पहिलो हुन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी, सहसचिवमा धनप्रताप बुढा मगर र खड्कबहादुर घर्ती निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिका सबै सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार नै मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । अहिलेसम्म अधिवेशन सकिएका दुई जिल्लामा सभापति निर्वाचित भएका दुबै जना रामचन्द्र पौडेल पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्