आङ सान सुकीलाई सुनाइयो चार वर्षको जेल सजाय
विकास टाइम्स
प्रकाशित मिति : 6 December, 2021


म्यानमार ।म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन्। सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड १९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।
उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ। उनीमाथि लागेका सबै अभियोगमा अदालतले उनलाई दोषी ठहर्याए उनले आजीवन काराबासको सजाय पाउने देखिन्छ। गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो।