Logo

नेता थापाको निधन


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ । मिर्गाैला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । डा थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील थिए ।

संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका नेता डा थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया दिनुहोस्