Logo

महाधिवेशनपछि रामचन्द्र र शशांक पहिलो पटक एकै सार्वजानिक कार्यक्रममा


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री डा शशांक कोइराला आगामी आइतवार गण्डकी प्रदेशको राजधानी पोखराको सार्वजानिक कार्यक्रममा सहभागि हुने भएका छन् । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री शशांक पार्टीको १४ औं महाधिवेशनपछि एउटै मञ्चमा सहभागि हुन लागेको यो पहिलो कार्यक्रम हो । दुवै नेता नेपाली कांग्रेस, गण्डकी प्रदेश कार्यालयको उदघाटन कार्यक्रममा सहभागि हुन लागेका हुन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालय पोखरा– ३ स्थित तेर्सा पट्टी गिरिजाचोकमा स्थापना गर्न लागिएको छ ।

सो कार्यक्रममा पौडेल प्रमुख अतिथि छन भने डा शशांक विशिष्ठ अतिथि छन् । पौडेल र डा शशांक १४ औं महाधिवेशनमा १३ औं महाधिवेशनपछि आफुहरुले नेतृत्व गरेको समुहका आकांक्षीहरुबीच एकता हुन नसकेपछि मौन बसेका थिए । पौडेल महाधिवेशनको प्रक्रियामा नै सहभागि भएनन् भने डा शशांक केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएर मौन बसेका थिए ।

१४ औं महाधिवेशनमा मौन बसेका दुवै नेतालाई डा शेखरको समुहले सभापतिमा शेरबहादुर देउवालाई सहयोग गरेको आरोप लगाउदै आएको छ । १४ औं महाधिवेशनपछि शेखर समुहले गरेको २ वटा गुटका बैठकमा पौडेल र डा शशांकलाई निम्ता गरिएको थिएन् ।

उनीहरु दुवैको गृहप्रदेश गण्डकी हो । १४ औं महाधिवेशन अगाडि भएको गण्डकी प्रदेश अधिवेशनमा तत्कालिन पौडेल पक्षले झण्डै क्लिन स्वीप गरेको अवस्था छ । तर सो समयमा पौडेल पक्षबाट नै रहेका सभापतिका आकाक्षा व्यक्त गरेका डा शेखर कोइरालाको प्रदेश नम्बर १ मा डा शेखर लगायतका नेताहरुले मतदान नगर्दा देउवा इतर समुहका प्रदेश सभापतिका प्रत्यासी गुरुराज घिमिरे २ भोटले पराजित भएका थिए । त्यस्तै अर्का सभापतिका आकांक्षी प्रकाहमान सिंहको बागमति प्रदेशमा पनि सभापति देउवा समुहले हात पारेको थियो । सिंहलाई बागमति प्रदेश अधिवेशन अगावै सभापति देउवासंग मिलेको आरोप लाग्ने गरेको छ ।

यो परिवेशमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री शशांक एउटै सार्वजानिक कार्यक्रममा सहभागि हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अझ १४ ओं महाधिवेशमा सभापतिको उम्मेदवार रामचन्द्र पौडेल बनाउनुपर्छ भनेर डा शशांकले प्रस्ताव गरेका थिए । तर डा शेखर र प्रकाशमानले नमानेका कारण १४ महाधिवेशनमा मौन बसेका दुवै नेता एउटै मञ्चमा सहभागि गराएर पौडेल र शशांकसंगै भएको सन्देश प्रवाह गर्न खोजिएको चर्चा सुरु भएको छ । अझ १५ औं महाधिवेशनमा आफुलाई सभापतिको प्रत्यासीका रुपमा घोषणा गरिसकेका पूर्व महामन्त्री डा शशांक र वरिष्ठ नेता पौडेललाई एकै मञ्चमा सहभागितालाई कांग्रेस बृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्