Logo

भारतिय गायिका लता मंगेशकरको निधन


काठमाडौं । भारतकी सुप्रशिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । ९२ वर्षिय लताको आइतबार निधन भएको हो । जनवरी ८ देखि बम्बईको ब्रिच क्याण्डी अस्पतालमा उनी उपचाररत थिइन् । कोरोना र न्यूमोनियाका कारण उनको ज्यान गएको हो ।

लता २८ सेप्टेम्बर १९२८ मा जन्मेकी थिइन् । करिब ८० वर्ष उनले सांगितिक क्षेत्रमा बिताएकी थिइन् । उनका थुप्रै नेपाली गीतहरु पनि छन् ।

केहि दिनयता उनको स्वास्थ्यमा सुधार भएको भारतिय संचारमाध्यमले जानकारी दिएपनि अन्त्यमा उनले सोही अस्पतालमा प्राण त्यागिन् ।

प्रतिक्रिया दिनुहोस्