Logo

साेमवार पाँच प्रदेशमा सामान्य बदली रही प्रदेश १ मा हल्का वर्षाकाे सम्भावना


काठमाडाैं । साेमवार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश १ को एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना रहेकाे महाशाखाकाे पूर्वानुमान छ ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाे महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

साेमवार राती प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्