Logo

विद्युत्को पोलबाट खसेर एक कर्मचारीको मृत्यु


काठमााडौं । ताप्लेजुङमा विद्युत्को पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहेका छन् ।

लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिनुभएको थियो । गम्भीर घाइते हुनुभएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि तत्काल अस्पताल पु¥याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्