Logo

ओलीसँगको भेटवार्ताका लागि बालकोट पुगे डा शेखर


काठमाडौं, २५ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन् । 

उनी ओलीसँगको भेटवार्ताका लागि मंगलबार बालकोट पुगेका हुन् । 

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको जनाइएको छ । 

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् । 

 यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्