Logo

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव सत्ता गठबन्धनको गलत नियत


काठमाडौ । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाअभियोग प्रस्ताव सत्ता गठबन्धनको गलत नियतबाट आएको प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोग प्रस्तावबारे आफूहरूलाई कुनै जानकारी नरहेको र अचानक दर्ता भएपछि मात्र जानकारी भएकाले पार्टीमा छलफल हुन बाँकी रहेको बताउनुभएको छ ।

नेम्वाङले महाअभियोग दर्ताले परमादेशबाट मुलुकको राजनीतिलाई गलत दिशामा लैजाने प्रक्रियाको निरन्तरताका रूपमा यो महाअभियोग आएको बताउनुभएको छ । नेम्वाङले अब एमालेले क गर्छ भन्नेबारे तत्काल प्रतिक्रिया दिन आवश्यक नरहेको र पार्टीमा सल्लाह गरेर निर्णय लिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्