Logo

दिउँसो ३ बजे बस्ने भो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडौ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दैछ। यसअघि तीन दिन बैठक बसेको थियो। कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको हो। ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले आजको बैठकमा धारणा राख्नेछन्। नेताहरूको धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्