Logo

एमसीसी पास गर्न देउवालाई अमेरिकाको दबाब


काठमाडौं । एमसीसी पारित गराउन अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको छ । त्यसमा दबाब दिन आज नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट ९एमसीसी० बारे छलफल भएको बताइएको छ । भेटमा राजदूत बेरीले एमसीसी अनुमोदन प्रक्रियाबारे चासो राखेका थिए । प्रधानमन्त्री देउवाले सरकार संसदबाट एमसीसी अनुमोदन गराउने तयारीमा जुटिसकेको जानकारी दिएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग साझा धारणा बनाउन थप समय लिइएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्