कलाकारहरुसँग अध्यक्ष प्रचण्डको भेट
विकास टाइम्स
प्रकाशित मिति : 17 February, 2022

विकास टाइम्स
प्रकाशित मिति : 17 February, 2022

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गायक तथा कलाकारसँग भेटघाट गरेका छन् । उनको सचिवालयका अनुसार प्रचण्डले आज गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दाहालसँग घेटघाट गरेका हुन् ।
उनले सबै कलाकारसँग अलग,अलग भेट गरेका थिए । भेटमा कलाकारहरूले प्रचण्डसँग खुलेर आफ्नो कुरा राखेका थिए । ‘आज अध्यक्ष कमरेड प्रचण्डले गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दाहालसँग अलग,अलग भेटघाट गरे ।
क। प्रचण्डसँग सबै कलाकर्मीहरूले खुलेर आफ्नो कुरा राखे,’ प्रचण्ड स्वकीय सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छन् ।
प्रतिक्रिया दिनुहोस्