Logo

पूर्वमुख्यसचिव पौडेलद्वारा स्वास्थ्यसामग्री वितरण


काठमाडौं । सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेलले गुल्मीका विभिन्न पालिकामा स्वास्थ्य सामग्री वितरण गरेका छन् । उनले विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई कोभिड–१९ विरुद्ध माक्स, अक्सिजन कन्सनटेटरलगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

यसक्रममा उहाँले आफ्नो जन्मस्थल रुरुक्षेत्र गाउँपालिकाका सबै माध्यमिक विद्यालयका लागि ती सामग्री वितरणगरे । यही फागुन १ गतेदेखि ४ गतेसम्म विद्यालय एवं त्यसभन्दा पछाडी स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्यम्सेविकालाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।

गाउँपालिकाका आठ विद्यालयका लागि दुई÷दुई हजारका दरले माक्स र छ वटा स्वास्थ्य संस्थाका लागि एक÷एकवटा अक्सिजन कन्सनटेटर उहाँले प्रदान गर्नुभयो । त्यस्तै मुसिकोटको बडागाउँ स्वास्थ्य चौकीको लागि एक थान अक्सिजन कन्सनटेटर र छत्रकोटको आत्मबोध मावि र जनता माविको लागि दुई÷दुई हजार माक्स उपलब्ध गराइएको थियो । त्यस्तै रेसुङ्गा बुहुमुखी क्याम्पस, मुसिकोट र मदानेका विभिन्न विद्यालयको लागि पनि १० हजार माक्स वितरण गरिने जनाइएको छ ।

पूर्व मुख्यसचिव पौडेलले यसभन्दा अगाडि पनि जिल्लाका विभिन्न संस्थाको लागि स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो । चीनको छहार केन्द्रमार्फत नेपाललाई प्राप्त १० लाख माक्समध्ये उहाँले एक लाख माक्स जिल्लाको लागि ल्याउनुभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्