Logo

नेपाल स्काउट एमालेको ‘दूहुनो गाई’ ! संयोजक भण्डारीका अनगिन्ती अनियमितता


काठमाडौं । समाजको हितका लागि नवयुवाका लागि स्काउट अनुशासन सिकाउने उद्देश्यले नेपालमा पनि स्काउटको जन्म भयो, तर नेपालमा यो संस्था जिम्मेवार पदाधिकारीको दुहुनो गाई बनेको छ । स्काउटको स्रोत साधनमा संयोजक लोकबहादुर भण्डारी तथा निर्देशक रामप्रसाद भट्टराईका एक से एक अनियमित क्रियाकलाप सार्वजनिक भएका छन् ।
मुलुक संघीय व्यवस्थामा गएपछि स्काउटको संरचना पनि सोही बमोजिम बनाइएको छ । सात वटै प्रदेशमा प्रदेश तदर्थ समिति र ७५३ वटा स्थानीय तहमा पनि तदर्थ समिति गठन गरिएको छ । तर अनौठो के छ भने यी सबै समितिहरु स्काउटमा संलग्नहरुले होइन, एमालेका कार्यकर्ताले भरिएका छन् । स्काउटलाई राजनीतिक दलको भातृ संगठनको रुपमा विस्तार गरेको थाहा पाएपछि ती सबै समिति खारेज गरिए । जब नेकपा एमालेका संखुवासभा कार्यकर्ता लोकबहादुर संयोजक बने, उनले एमालेको भातृ संगठनको रुपमा स्काउटलाई पुन व्युँताए । यसअघि रविन दाहाल नेतृत्वको समितिले एमाले भातृसंगठन बनाइएका कारण सबै तदर्थ समिति खारेज गरेको थियो ।
स्काउटको विधानअनुसार प्रत्येक ४ वर्षमा कार्यसमितिको निर्वाचन हुनु पर्छ । निर्वाचनको माध्यमबाट नयाँ समिति निर्वाचित हुनु पर्छ । तर छ वर्ष भयो, स्काउट तदर्थ समितिकै भरमा चलिरहेको छ ।
खाने स्काउटको, गाउने एमालेको
स्काउटको सदस्यले स्काउटकै अनुसशासन पालना गर्नु पर्छ । स्काउटको माध्यमबाट समाजकोहितमा काम पनि गर्नु पर्छ । तर अहिलेको स्थिति बदलिएको छ । प्रदेश तथा स्थानीय तहमा भर्ति गरिएका एमालेका कार्यकर्ताले स्काउटबाट तलबभत्ता खान्छन्, तर एमालेको झन्डामुनी बसेर सोही राजनीतिक दलको काम गर्छन् । उनीहरुले स्काउटको आवरणमा स्थानीय तहसँग बजेट माग्ने र त्यसलाई आफूखुसी खर्च गर्दै आएको भनेर आलोचना हुने गरेको छ ।
प्राइम लोकेसनको भवन भाडामा नलगाउँदा चार करोडको क्षति
लैनचौर चोकदेखि दूग्धविकास संस्थानतर्फ जाने मूल सडकमा रहेको व्यवासयिक भवन चार वर्षदेखि भाडामा नलगाई संस्थालाई करिब चार करोड रुपैयाँ हानी पु¥याएको भनेर पनि संयोजक लोकबहादुर भण्डारी तथा उनको समूहको आलोचना भइरहेको छ । करोडौं रुपैयाँ भाडा उठ्ने सम्भावना भएको अर्को भवन पनि खाली राखिएको छ ।
कार्यक्रम, तालिम, तथा गोष्ठीहरु संचालनका नाममा एमालेका कार्यकर्ता पोस्ने एवं एमालेको संगठन विस्तार गर्ने कार्य गर्ने गरेको साथै यस्ता कार्यक्रमको आयोजना गर्दा यातायात, आवास तथा भोजन व्यवस्थापनका नाममा स्काउटकै स्रोत दुरुपयोग गरेको भनेर पनि आलोचना हुने गरेको छ ।
राष्ट्रिय प्रधान कार्यालय एवं प्रदेश कार्यालयहरुमा एमालेका कार्यकर्ताहरुलाइृ भर्ती गरी पार्टी राजनीतिको पक्षपोषण गरेको पाइएपछि सोको विरोध पनि हुने गरेको छ ।
आफ्नो हितका लागि स्काउटको रकम दूरुपयोग
लोकबहादुर भण्डारी एसिया प्रशान्त क्षेत्रीय स्काउट समितिको सदस्य पदका लागि उम्मेदवार बन्दा उनले प्रचार प्रसार गर्न चाहिने रकम स्काउटकै कोषबाट खर्च गरेको बताइन्छ । प्रचारका सामाग्री खरिद गर्न स्काउटको कोष खर्च गर्न नियमानुसार मिल्दैन । तर यस्तो खर्च गरेको पाइएको थियो ।
स्काउटको राष्ट्रिय परिषद ७२ सालदेखि रिक्त रहेको थियो । ७६ सालमा एमालेबाट जगतबहादुर विश्वकर्मा खेलकुद मन्त्री भए । उनलाई प्रभावमा पारेर नेपाल स्काउट ऐन २०५० विपरीत मनोमानी ढंगले एमालेका कार्यकर्ता भर्ती गरिएको थियो ।
त्यस्तै नेपाल स्काउटको जमिन तथा भवनहरु भाडामा लगउाँदा संस्थालाई अहित हुने गरी बार्गेनिङ गर्ने र आर्थिक अपारदर्शीता कायम गर्दा नेपाल स्काउट भन्ने संस्था अहिले लुटी खाने निकायको रुपमा स्थापित भइरहेको भनेर टिप्पणी हुने गरेको छ ।
ओलीको जयजयकार गर्न २० लाख खर्च
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल स्काउट खुसीले ‘भुईँमा न भाँडामा’ हुन जरुरी छ ? प्रधानमन्त्री त स्काउटको पदेन सदस्य नै हुन्छ । तर आफ्ना पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा लोकबहादुर भण्डारीले स्काउटबाट २० लाख रुपैयाँ त शुभकामना विज्ञापनका नाममा जयजयकारकै लागि खर्चिए । स्काउटको स्काफमा समेत केपी ओलीको फोटो टाँसेर स्काउटको मान्यतालाई धुलो चटाए ।
नेपाल स्काउटको स्वामित्वमा रहेका व्यवसायिक भवनहरु नियमानुसार प्रतिस्पर्धाका आधारमा भाडामा दिँदा मासिक लाखौं रुपैयाँ आय हुन सक्छ । त्यो गर्ने काम त अहिलेको समितिले गरेको छैन नै । भाडामा लगाइएका भवनहरुबाट समेत अनूचित असूली गर्ने र रकम दिन नमान्नेहरुलाई गुन्डा लगाएर धम्क्याउँदै दुःख दिने कार्य भण्डारीले गर्दै आएको त्यहीका व्यापारीहरुले जानकारी दिए ।तरुण पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्