Logo

जग बिनाको विश्वकप खेल्ने सपना भयो चकनाचुर


गत साता ओमानमा सम्पन्न टी२० विश्वकप छनौट प्रतियोगिता अन्तर्गत समूह  को सेमिफाइनल खेलमा युएईको हातबाट नमीठो पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना पुनः एकपटक चकनाचूर भएको छ।समूह चरणका सबै खेलमा प्रभावशाली जित हात पार्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएसँगै नेपाली समर्थकको नेपालले अवश्य विश्वकप खेल्नेछ भन्ने विश्वासलाई थप बल मिलेको थियोनेपाली टोली माथिको भरोसा अझ मजबूत बनेको थियो।फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनौट हुने स्थितिमा नेपाल आफ्नो लक्ष्य भन्दा मात्र एक खेल टाढा थियो।नेपाली माटोलाई चिनेका र कुनै समय नेपाली क्रिकेटलाई एउटा नयाँ उचाइमा पुर्‍याउन सफल प्रशिक्षक पुदुवु दासानायकेको पुनरागमनले नेपाली टोलीलाई थप उर्जा मिलेको देखिन्थ्यो।समूह चरण खेलहरूमा नेपाली टोलीले ब्याटिङबलिङ र फिल्डिङसबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो।त्यो प्रदर्शन र टोलीको आत्मविश्वासलाई हेर्दा यसपटक कागजी रुपमै भए पनि नेपाली टोली युएई भन्दा बलियो देखिएको थियो यस्तो अवस्थामा नेपाली समर्थकहरूले टोलीबाट केही ठूलो आशा गर्नु अस्वाभाविक पनि थिएन।

तर सधैंझैँ यसपटक पनि निर्णायक मोडमा आएर नेपाली समर्थकहरू निराश नै हुनुपर्‍यो।गर या मर स्थितिको खेलमा सन्तुलितबलियो र आत्मविश्वासी देखिएको नेपाली टोलीले युएईका सामु यसरी घुँडा टेकिदियो कि त्यसले नेपाली टोलीको वास्तविक अवस्थालाई उदाङ्गो बनाइदियो। यो हारले समर्थकलाई प्रतिक्रियाहीन बनाइदियो भने कहाँनेर चुक भयो भन्ने कुराको भेउ कसैले पाउनै सकेनन्।

आखिर के कमी थियो नेपाली टिममाटिमको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्। सन्दीपले आफूलाई विश्वस्तरको लेगस्पीनर प्रमाणित गरिसकेका छन् र टी२० फरम्याटको क्रिकेटको सन्दर्भमा सम्भवतः प्रतियोगिताकै सबैभन्दा अनुभवी खेलाडी हुन।कप्तान लामिछानेज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरी जस्ता अनुभवी खेलाडीदेखि कुशल भुर्तेल र आरिफ शेखजस्ता प्रतिभाशाली युवा खेलाडीको मिश्रणले टोली सन्तुलित देखिन्थ्यो।नेपाली क्रिकेट र यहाँ क्रिकेट खेलाडीहरूलाई नजिकबाट चिनेका प्रशिक्षक दासानायकेको आगमनले सुनमा सुगन्ध थपिएको आभाष गरेका थिए समर्थकहरूले।

परिस्थिति आफ्नो अनुकूल हुँदाहुँदै पनि आफ्नो लक्ष्यमा पुग्न नेपाल किन असफल भयोआज यो प्रश्नले हामीलाई गिज्याइरहेको छ।के हाम्रो देशमा वास्तविक रुपमा क्रिकेटको विकास भइरहेको छ वा हामी त्यसै हावामा उडिरहेका छौँसबैभन्दा पहिले हामीले यो प्रश्नको उत्तर खोज्नु जरुरी छ।वास्तवमा हाम्रो देश नेपालको सामाजिक जीवनमा खेल संस्कारलाई महत्वहीन विषय मानिनु नै सबैभन्दा ठूलो दुर्भाग्य हो समाज देखि नीतिनिर्माण तहमै खेलेर भविष्य बन्दैन भन्ने सोचाई व्याप्त हुनु र सन्तान खेलकुदमा लागे भने छोराछोरी बिग्रिए/बरालिए भन्ने मानसिकता व्याप्त भएको समाजमा कहिल्यै पनि वास्तविक अर्थमा खेल क्षेत्रको विकास हुन सक्दैन।हाम्रो देशमा पनि भइरहेको त्यही मात्र हो र नेपाली क्रिकेटले पनि यही प्रवृत्तिको शिकार हुनु परिरहेको छ।

सबैभन्दा पहिले हाम्रो घरपरिवार र समाजले नै हामीलाई खेलकुलमा लाग्नबाट निरुत्साहित गर्दै आएको छ।आमाबाबुको पहिलो र अन्तिम इच्छा नै सन्तानले राम्रोसँग पढेर एमए र बीएको डिग्री हासिल गरुन्डाक्टर र इन्जिनियर बनून् भन्ने हुन्छन कि क्रिकेटर वा फुटबलर बनोस् भन्ने ! यहाँ आफ्नो रहर पूरा गर्नका लागि मात्र खेल खेलिन्छचाहे त्यो क्रिकेट होस्फुटबल होस् वा अन्य कुनै खेल।यस्तो दुर्भाग्य सबैभन्दा पहिलो आफ्नै घरबाट शुरु हुनु हामीले भोगेको तितो यथार्थ हो।

त्यसपछि आउँछ समाज र विद्यालयको कुरा।समाजले खेललाई कहिल्यै प्राथमिकतामा राखेको देखिएको छैन।अझ क्रिकेटको कुरा गर्ने हो भने त स्थिति ज्यादै दयनीय छ।न हाम्रो समाज नै खेलकुद मैत्री छ न हाम्रा विद्यालयहरू नै।नेपालमा ग्रासरुट क्रिकेटको अवधारणा नै विकास भएको देखिँदैन।तराईका प्रमुख शहर र काठमाडौंका केही ठूला र महङ्गा विद्यालयहरूलाई छाड्ने हो भने नेपालभरका अधिकांश विद्यालयहरूमा क्रिकेट खेल्ने वा सिकाउने सुविधा उपलव्ध छैनक्रिकेट उनीहरूको प्राथमिकतामा पर्दैन।न स्थानीय निकायले नै क्रिकेट वा अन्य कुनै पनि खेलकुदका लागि तोकेरै बजेट बिनियोजन गर्दछन्।

नेपालमा क्रिकेट खेलको इतिहास धेरै पुरानो भए पनि यसको संस्थागत विकासको प्रारम्भ भने विक्रमको पचासको दशकबाट शुरु भएको मान्न सकिन्छ जब नेपालले अन्तराष्ट्रिय क्रिकेटमा पर्दापण गरेको थियो।त्यसबीच बितेर गएका झण्डै तीन दशकको समयावधिमा नेपाली क्रिकेटले धेरै आरोहअवरोह अनि सफलता र असफलताहरू आत्मसात् गरेको छ।रयही अवधिका दौरान खेलका माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन क्रिकेटले जति योगदान शायदै अन्य कुनै खेलले गरेको होलाक्रिकेटले यो देशलाई प्रशस्तै नाममान र सम्मान दियो तर राज्यले क्रिकेटका लागि खासै केही गरेन।विडम्वनाको कुरा जुन देशको खेलकूद क्षेत्रको विकास गर्ने निकाय नै चुल्ठेमुन्द्रे र पार्टीका झोले कार्यकर्ताहरूलाई भर्ती गर्ने केन्द्र बन्न पुग्दछत्यस्तो निकायबाट ठूलो अपेक्षा कसरी गर्न सकिन्छ?

सन् २०११ मा नेपाली क्रिकेटको सवोच्च निकाय क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) अध्यक्ष पदबाट विनयराज पाण्डेलाई हटाउँदै आफ्नो कार्यकर्ता टंक आङबुहाङलाई नियुक्ति गरेपछि नेपाली क्रिकेटमा चरम राजनीतिले प्रवेश गरेको हो।क्रिकेटको  पनि नबुझेकाहरू क्यानमा हावी भए पछि क्रिकेटको विकासको गतिमा कमी आयो।राष्ट्रिय खेलकुद परिषद् भित्रको भद्रगोल र बेथितीकहिल्यै अन्त्य नहोला झैँ लाग्ने ओलम्पिक कमिटिको विवाद र क्रिकेटमा घुसेको राजनीतिका कारण नेपाली क्रिकेट यथास्थितिको बन्दी बन्न बाध्य भयो र त्यो क्रम आजसम्म पनि जारी छ। बडो खेदका साथ भन्नुपर्ने हुन्छ आज क्रिकेटको सर्वोच्च निकाय क्यानले आयोजना गर्ने प्रतियोगिता भनेको केवल प्रधानमन्त्री कप क्रिकेट मात्र हो र नेपाली राष्ट्रिय खेलाडी छनौटको आधार पनि यो प्रतियोगिता नै हो। स्थानीयस्तरमा हुने प्रतियोगिताहरूको संख्यामा लगातार कमी आइरहेको छअझ काठमाडौंमा त क्रिकेट खेल्ने वातावरण नै छैनसर्वसाधारणले क्रिकेट खेल्ने एउटै मैदान पनि उपलव्ध हुन गाह्रो छ अहिले देशको राजधानीमा। राजधानीमा इन्डोर हलभित्र म्याटमा र नेटमा अभ्यास गरेरै क्रिकेट सिक्ने रहर पूरा गरिरहेका छन् हैसियतहरू हुनेहरू, नहुनेहरू मोवाइलको एपमै क्रिकेट खेलेर रमाइरहेका छन्।ग्रासरूटबाट क्रिकेटको विकास गरी यो खेललाई संस्थागत गर्दै लैजाने हो भने क्रिकेट खेल्ने वातावरण हुनुपर्‍यो सबैभन्दा पहिले ! तर दुःखको कुरा क्रिकेटले घरसमाज र राज्य सबैतिरबाट अपहेलित बन्नुपरिरहेको स्थिति छ आज।

यस्तै प्रतिकूल परिस्थितिको शिकार बन्दै नेपाल क्रिकेट आजको अवस्थामा आइपुगेको छ। खेलाडीहरूले आफ्नो बलबूतामा नेपाली क्रिकेटले यहाँसम्म ल्याइपुर्‍याएका हुन् भन्दा अत्युक्ति हुँदैन।पछिल्ला केही वर्षहरूमा नेपाली क्रिकेट लगातार विवाद र समस्याहरूका जन्जालमा फस्दै यथास्थितिमै रुमल्लिरहेको छ।क्यानमा नेतृत्वको लडाइँआइसीसीको प्रतिवन्धकप्तान पारस खड्काको बहिर्गमनखेलाडी अनुशासनका विषयहरूनेपाली क्रिकेटमा आर्थिक पारदर्शिताको प्रश्न आदि समस्याहरूको सामना गर्दै यहाँसम्म आइपुगेको नेपाली क्रिकेट अहिले क्यान र खेलाडी विवादमा रुमल्लिइरहेका छ।

त्यसबाहेक अरु समस्याहरू पनि धेरै छन्।स्थानीयस्तरमा क्रिकेट गतिविधि खासै हुँदैनन यथेष्ट मात्रामा उमेर समूह वा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताहरू नै सञ्चालन हुने गर्छन्।स्थानीय प्रतिभाहरूको पहिचान हुनेउनीहरूको प्रतिभा निखार्दै भविष्यमा एउटा स्तरीय खेलाडी उत्पादन गराउन सक्ने संरचनाका प्रतियोगिताहरू गर्न नसक्नेहरू फ्रेन्चाइज क्रिकेट लिग आयोजना गर्न भने होडबाजी गरिरहेको देखिन्छन्।क्रिकेटको विकासका सन्दर्भमा यो पनि एउटा दूभार्ग्यकै विषय मान्नुपर्छ।

क्रिकेटमा बेथितिको अर्को अनुपम उदाहरणका रुपमा धुर्मुससुन्तली फउण्डेसनले चितवनको बनाउने भनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रकरणलाई लिन सकिन्छ।हास्यकलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरे कसरी आफ्नो कलाका माध्यमबाट जनतालाई हँसाउने पेशालाई चटक्कै छाडेर क्रिकेट स्टेडियम बनाएर देशको विकास गर्ने कर्ममा समर्पित हुन पुगेयस बीचमा उनीहरूले केके मात्र गरे र केके मात्र गरेनन?, अनि अन्त्यमा हार स्वीकारेर कसरी हात खडा गरेर पञ्छिन खोजे भन्ने कुराको चर्चा यहाँ नगरौँत्यो सबैलाई थाहा भएको विषय हो।तर यो सम्पूर्ण प्रकरणले क्रिकेटको विकासमा राज्यले कुनै स्पष्ट नीति नै नलिएको र यो क्षेत्रमा जोसुकै घुसेरयहाँ हावी भएर आफूलाई जे मन लाग्यो त्यही गर्न सक्छन् भन्ने कुरा छर्लङ्ग भएको छ।चितवन रङ्गशाला निर्माण प्रकरणले नेपाली क्रिकेटलाई अघि बढाउने भन्दा अझ् पछाडि धकेल्ने काम गरेको छ।यो मोडलले क्रिकेट विकासको होइन विनाशको खाडलमा जाकिनेछ ।

नेपाली क्रिकेटको अर्को प्रमुख समस्या यहाँका लाडीहरूलाई  एक्स्पोजरको कमी हुनु हो।स्तरीय प्रतियोगिताहरू हुँदैहुँदैनन् भने पनि हुन्छराज्यले खेलाडीको स्तर बृद्धि गर्न उनीहरूलाई बाहिर खेल्न पठाउने वा बाहिरबाट खेलाडी बोलाएर खेलाउने चलन नै छैनन यहाँ स्तरीय खेलमैदान नै उपलव्ध छन्अनि कसरी पाउने एक्स्पोजरयसले नेपाली खेलाडीहरूको मनोविज्ञानमा ठूलो असर गरेको देखिन्छउनीहरूको आत्मविश्वास बढ्न नसकेको स्पष्ट हुन्छ।युएईसँगको स्तव्धपूर्ण हारको एउटा महत्वपूर्ण कारणका रुपमा मनोवैज्ञानिक पक्षलाई लिन सकिन्छ।अधिकांश एसोसिएट्स राज्यका प्रमुख खेलाडीहरूमा भारतीय वा पाकिस्तानी मूलका खेलाडी नै हुने भएकाले एउटा कोणबाट हेर्ने हो भने हाम्रो प्रतिश्पर्धा भारत वा पाकिस्तानकै स्तरको विपक्षीसँग हुने भएकाले खेलाडीहरूमाथि थप मानसिक दवाव पारिरहेको हुनसक्छ।त्यसैले हाम्रो तयारी पनि त्यही अनुसारको हुनुपर्छ।भौतिक पूर्वाधारखेल सामग्रीखेलाडीको डाइटिङफिटनेश र अन्य सुविधा लगायत खेलका विविध पक्षहरूमा पनि हामी हाम्रा विपक्षीहरूको तुलनामा धेरै नै पछाडि छौँ।क्रिकेटमा हुने गरेको लगानीप्रायोजन र प्रचारप्रसार एउटा सीमित घेराभित्र र केही नाम चलेका खेलाडीहरूको भागमा मात्र पर्ने भएकाले नयाँ खेलाडीहरू उभारमा आउनसक्ने स्थिति नै छैन।

जबसम्म नेपाली क्रिकेट यस्ता समस्या र विवादको भूमरीमा फसिरहन्छतबसम्म यहाँ सही अर्थमा क्रिकेटको विकास हनै सक्दैन।क्रिकेटलाई मात्र एउटा खेलको रुपमा नभएरनेपालको पहिचान र प्रतिष्ठासँग जोडेरक्रिकेट संस्कारको विकास गर्दै लाने र यसलाई ग्रासरूटबाटै मलजल गरेर अगाडि बढ्ने हो भने मात्र नेपाली क्रिकेट फल्नेछफुल्नेछ।होइन भने हाम्रो विश्वकप सपना केवल सपना मै सीमित हुनेछ।

  • आशुतोष अधिकारी
प्रतिक्रिया दिनुहोस्