Logo

ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु


काठमाडौं । सुनसरी जिल्लाको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो । प्र१–०२–००३त १०३३ नंको ट्र्याक्टरले यादवलाई गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्