Logo

ललितपुरमा २४ जना जुवाडे पक्राउ


काठमाडौं । प्रहरीले ललितपुरमा जुवाको खालबाट ३ लाख ८५ हजार सहित २४ जनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल सेतीपाखास्थित एक बहादुर रानाको टहराभित्र तास खेलाई रहेको सूचनाका आधारमा ललितपुर प्रहरीले गएराति २४ जनालाई नियन्त्रमा लिएको हो ।

प्रहरीले त्यहाँबाट ८ बुक तास र ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँसहित २४ जनालाई नियन्त्रणमा लिएको महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्