Logo

माओवादी केन्द्रीय समिति बैठक बस्दै


सत्तारुढ नेकपा९माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ । यसअघि बैठक बिहान ११ बजे बस्ने भनिएको थियो ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आजको बैठक बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बस्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्झौता एमसिसीका सम्बन्धमा उठेका विभिन्न सवालमा जवाफ दिने कार्यक्रम छ ।

यस्तै स्थायी समिति, पोलिटब्यूरो सदस्य चयन र केन्द्रीय समितिमा थप गर्ने सदस्यका बारेमा छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ । बैठक सम्पन्न गरे आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निकायको निर्वाचनको तयारीमा केन्द्रीत हुने माओवादीको तयारी छ । गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्