Logo

२ बजेका लागि सारिएको माओवादी केन्द्रको बैठक स्थगित


काठमाडौं । पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को कारण चरम विवादमा फसेको नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समिति बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि बोलाईएको बैठक २ बजेका लागि सारिएकोमा त्यसलाई पनि स्थगित गरी सोमबारका लागि सारिएको हो ।

बैठक सोमबार बिहान ११ बजेका लागि स्थगित गरिएको पार्टीका केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले बताए ।

पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष चयन गरेको थियो । त्यसपछि बैठक गत शुक्रबार बसेको थियो। माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गरेको छैन ।

एमसिसी विवादले पार्टी एकता जोगाउनु नै चुनौती बनेको बेला प्रचण्डलाई पार्टी पदाधिकारी चयन गर्नेपर्ने अर्को दबाब छ । पुषमा भएको महाधिवेशनले अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन ।

माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ ।

माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्य र अध्यक्षमा प्रचण्डलाई चयन गरेको थियो । पार्टी पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्ने प्रचण्डले प्रयास गरेको भएपनि आकांक्षी धेरै भएकाले समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्