Logo

प्रदेश एकको नाम ‘किराँत सगरमाथा’ राख्न धर्मगुरुको सुझाव


काठमाडौँ । लामो समयदेखि विवादमा रहेको प्रदेश १ को नामाकरण ‘किराँत सगरमाथा’ राख्न किराँत धर्मगुरुले सुझाव दिनुभएको छ । प्रदेश १ को नामाकरणमा धेरै विवाद आएको भन्दै किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन‘सेईङ’ले विश्वमा परिचित सर्वोच्चशिखर सगरमाथा र सवैले मानेको किराँत धर्मको नाममा कसैको पनि विवाद नआउने भन्दै राजनीतिक दलहरुलाई प्रदेशको नाम ‘किराँत सगरमाथा’राख्न सुझाव दिनुभएको हो ।

आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै धर्मगुरु‘सेईङ’का निजि प्रवक्ता डिल्लीराम चाम्लिङले प्रदेश १ को बाहुल्य जनसंख्याले किराँत धर्मलाई सम्मानजनक रुपमा हेरेको र सगरमाथा विश्वकै अग्लो हिमाल भएकाले ‘किराँत सगरमाथा’नामाकरण गर्न धर्मगुरुले राजनीतिक दलहरुलाई सुझाव दिएको बताउनुभयो ।

कार्यक्रममा किराँत ज्योतीष चन्द्रकुमार शेर्माले प्रदेशको नामाकरण ‘किराँतसगरमाथा’ राख्दा प्रदेश १ कको नाम विश्वमै परिचितहुने बताउनुभयो । उहाँले किराँत धर्म र सगरमाथाको नाम केवल नामका लागि मात्र नभई यसले धार्मिक, आर्थिक, सामाजिक र पर्यटनका क्षेत्रमा पनि महत्वपूर्ण भएको बताउनुभयो ।

ज्यातीष शेर्माले अहिले प्रस्तावमा आएको कोशी नामाकरण गर्दा कुन कोशी भन्ने विवाद रहने र किराँत जातीको बाहुल्यता रहेको क्षेत्रमा उसको धार्मिक, सास्कृति र समाजिक परिवेशलाई प्रतिनिधित्व गर्न नसक्ने दावीगर्नुभयो ।
कार्यक्रमका अन्य वक्ताहरुले पनि किराँत धर्मले कुनै जातियता नदेखाउने र यो धर्मलाई अहिले मानिदै आएका सवै धर्महरुले पनि सम्मान गरेर स्थान दिएकाले ‘किराँत सगरमाथा’नामाकरणनै उपयुक्त हुने बताउनुभयो ।

उहाँहरुले किराँत सभ्यता अहिलेको नभइ आदिम कालदेखि रहेको र सवै धर्मग्रन्थहरुले किराँतकालका यलम्बर लगायतका राजाहरुको समेत वर्णन गरेकाले प्रदेशको यो नामाकरणमा कसैको पनि विवाद नआउने बताउनुभयो । किराँत धर्मगुरु ‘सेईङ’ गुरु फल्गुनानन्दकै अर्को अवतार भएको पनि वक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्