Logo

ललितपुरमा ४ जना मृत फेला, थप १ जनाको उपचारको क्रममा मृत्यु


काठमाडौं । ललितपुरमा ४ जना मृत फेला, थप १ जनाको उपचारको क्रममा मृत्यु ललितपुरको कोन्ज्यासोम गाउँपालिका–वडा नम्बर ४ मा एकैघरका ४ जना मृत फेला परेका छन् ।

महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्