Logo

भक्तपुरको कुखुरा फार्ममा बर्डफ्लु, भोलिसम्ममा नष्ट गरिने


काठमाडौं । भक्तपुरमा बर्डफ्लू देखिएका तीनवटा फार्मका कुखुरा आज र भोलिगरी नष्ट गरिने भएको छ । जिल्लाको सूर्यविनायक नगरापलिका १० का व्यावसायिक फार्ममा पलिएका कुखुरा भेटेनरी कार्यालयको टोलीले भोलिसम्म नष्ट गरिसक्ने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।

वडाका पाइला अग्रिकल्चरल फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्ड फ्लूको एफ फाइभ एन वान संक्रमण भएको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पुष्टि गरेको थियो । बर्ड फ्लूको यो प्रजाती मानिसमा पनि सर्नसक्ने र मानिसमा यसको मृत्युदर ६० प्रतिशतसम्म हुनसक्ने विज्ञहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्