Logo

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १।५५ अङ्कले उकालो लागेर दुई हजार ५४४।९४ मा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।४१ अङ्कले बढेर ४९२।५३ मा पुगेको छ । कूल २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर रु दुई अर्ब ६० करोड नौ लाख ३० हजार ४०३ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

बैंकिङ ६।४, होटल तथा पर्यटन १४।१८, निर्जीवन बीमा ९।८८, उत्पादन ८७।६३, अन्य ३५।५ अङ्कले उकालो लागेको छ । यस्तै व्यापार १५।७४, विकास बैंक २१।४१, जलविद्युत् ३१।९९, वित्त २८।२४, लघुवित्त ४।५७, जीवन बीमा १५०।३२, सामूहिक लगानी कोष ०।०६ र लगानी ०।५७ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३६ खर्ब छ अर्ब २२ करोड ६२ लाख ७० हजार ६२४ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु २७ करोड ६९ लाख ३२ हजार ८६३ बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड ६२ लाख ७६ हजार ४८६, नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड छ लाख २५ हजार, एनआइसी एशिया बैंक रु १० करोड ५० लाख २७ हजार ५८२ र पाँचथर पावर कम्पनी रु १० करोड ४२ लाख २७ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ५।८९, बोटलर्स् नेपाल तराई ५।४८, सामुदायिक लघुवित्त ४।३४, इमर्जिङ नेपाल ४।०१ र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले ३।१८ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ६।९०, पञ्चकन्या माई हाइड्रोपावर ४।४७, कर्पोरेट डेभलपमेन्ट बैंक ४।१३, बरुण हाइड्रोपावर ३।९१ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३।४६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्