Logo

करणीको अरोप लागेका सिद्धबाबाको मुद्दा पेसीमा


काठमाडौं । करणी आरोप खेपेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा आज उच्च अदालत विराटनगरको पेसी सूचीमा छ । उनीमाथि आफ्नै अनुयायी माथि जबरजस्ती करणी गरेको आरोप छ। सिद्धबाबाको मुद्दाको पेसी बुधबारका लागि तोकिएको र गोलाप्रथाबाट बेञ्च तोकिने छ । साप्ताहिक पेसी सूचीमा सिद्धबाबाको मुद्दा परे पनि सुनुवाइ हुने सम्भावना भने कम छ ।

११ जना न्यायाधीश रहेको उच्च अदालतका चार वटा वेञ्चले यसअघि नै मुद्दा हेरिसकेका आज मुद्दा सुनुवाई हुने सम्भावना कम रहेको बताइएको छ। एकपटक हेरेको मुद्दाको पेसी पुनः हेर्न मिल्ने र बाँकी रहेका न्यायाधीश मध्ये एक जनाका आफन्त सोही मुद्दमा बहस गरिरहेका पनि मुद्दाको सुनुवाई आज हुने सम्भावना कम छ। उच्च अदालतमा दुई जना न्यायाधीश सम्मेलित बेञ्च बन्छ ।

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई सफाइ दिएको थियो । जिल्लाको फैसलाविरुद्ध पीडितको पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्