Logo

राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेका छोरा कांग्रेसमा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेका छोराले नेपाली कांग्रेसको सदस्यता लिएको खुलेको छ । नेपाल निर्माण व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्ष रहेका निकोलस पाण्डेलाई नेपाली कांग्रेसको निर्माण समन्वय विभागका प्रमुख वीर बहादुर बलायरले सदस्यता दिएका हुन् । पूर्व बनमन्त्री समेत रहेका विक्रम पाण्डे निर्माण व्यवसायी हुन् ।

छोरा निकोलसले निर्माण व्यवसायी महासंघको नेतृत्वमा पुग्नका लागी दुवै दलको समर्थन पाउनेगरी कांग्रेसको सदस्यता लिएको निर्माण व्यवसायीहरु बताउँछन् । शुक्रबारबाट काठमाडौंका प्रज्ञा भवनमा महासंघको केन्द्रिय अधिवेशन शुरु भएको छ । निकोलसले यसपटक महासंघको अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्