Logo

एमसीसी कार्यान्वयनको तयारी, टेण्डरका लागि तयार रहन प्रधानमन्त्री देउवाको निर्देशन


काठमाडौं । सर्वाधिक विवादकाबीच प्रतिनिधिसभाबाट अनुमोदन गरिएको अमेरिकी सहयोग परियोजना मिलेनियमम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कार्यान्वयन गर्ने तयारीमा सरकार लागेको छ । यसका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी परियोजनाको टेण्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

अब छिट्टै अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक टेन्डर हुने भन्दै यसका लागि नेपालका निर्माण व्यवसायीहरु पनि तयार रहन प्रधानमन्त्री देउवाले आग्रह गरे । शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ ९एफक्यान० को निर्वाचन सहितको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

‘एमसीसीको विषयमा के हुन्छ भनेर प्रश्नहरु गरिएका छन्, नेपाली निर्माण व्यवसायीहरुले पाउछन् कि पाउँदैनन् भनेर जिज्ञासाहरू राखिएका छन् । मैले यसमा उत्तर दिनुपर्छ । तर म अहिले यति भन्छु, एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ, यसमा नेपाली निर्माण व्यवसायीहरु समेत सहभागि हुन पाउछन् तयार रहनुस्’ देउवाले साधारणसभामा भने ।

प्रधानमन्त्री देउवाले हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको माग तथा सुझाव बमोजिम परिमार्जन गरिने समेत आश्वस्त पारे ।

प्रतिक्रिया दिनुहोस्