Logo

मेलम्चीको काम बन्द गरेर जनशक्ति फर्काउने तयारीमा सिनो हाइड्रो


काठमाडौ । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य गर्ने काम बन्द गरेको छ । सरकारले भुक्तानी नदिएपछि प्राविधिक सहित मर्मत कार्यमा जुटेका कामदारलाई साइडबाट फर्काउन लागिएको सिनो हाइड्रोले बताएको छ । गत असार १ गतेको बाढी र पहिराले क्षति पुगेकोआयोजनाको मर्मतकार्य ७५ प्रतिशत सम्पन्न भैसक्दा समेत सरकारले भुक्तानी नदिएको भन्दै मुख्य निमार्ण कम्पनी चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले शुक्रवार देखि नै काम बन्द गरेको थियो । खानेपानी मन्त्री उमाकान्त चौधरी र सचिव सुरेश आचार्यसंग शुक्रवार पनि टेलिफान सम्पर्क गर्दा हाइड्रोले रकम भुक्तानी नभए सम्म काममा नर्फकने अडान राखेपछि थप समस्था सृजना भएको छ ।

बिगत दुई महिना देखि भुक्तानीका लागी आग्रह गर्दा सम्म बेवास्था गरेको भन्दै काम बन्द गरेको बताएको छ ।। एक हप्ता अगाडी बिहिबार सम्म ५० प्रतिशत रकम भुक्तानी नदिए काम बन्द गर्ने जानकारी दिएको समेत ठेकेदार कम्पनीले बताएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको थियो । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ७५ प्रतिशत काम सकिएको जनाएको छ ।

अस्थायीरुपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको समितिले जानकारी गरिएको छ । गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्नेगरी तयारी गरिएको हो ।

ठेकेदार कम्पनीले सरासर काम गरे मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउन सकिने समितिले जनाएको छ ।
गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर, वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहने छ ।
मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंकले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उनले जानकारी दिए । सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै समितिले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताएको छ । ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्