Logo

सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा प्रेमध्वजले गरे वंशलालको समर्थन


काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा प्रतिस्पर्धामा रहेका ३ जना सभापतिका उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नकटाएपछि पहिलो र दोस्रो हुनेबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।
पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार जंगबहादुर तामाङले ७ सय ५ मत ल्याएका छन् भने दोस्रो भएका संस्थापनइतर पक्षका वंशलाल तामाङले ६ सय २९ मत ल्याएका छन् । त्यस्तै संस्थापन पक्षका असन्तुष्ट उम्मेदवार प्रेमध्वज लामाले ४ सय ९३ मत ल्याएका छन् । पहिलो चरणको निर्वाचनमा १ हजार ८ सय ६७ मत खसेको थियो ।
अब दोस्रो चरणमा जंगबहादुर र वंशलालबीच प्रतिस्पर्धा हुनेछ । जंगबहादुरलाई केन्द्रीय सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य मोहन बस्नेत लगायतको समर्थन रहेको छ । त्यस्तै वंशलाललाई नेता डा शेखर कोइराला र पूर्व जिल्ला सभापति विकास लामा लगायतको समर्थन रहेको छ । दोस्रो चरणको निर्वाचन आजै गर्ने तयारी भइरहेको छ ।प्रेमध्वज लामाले वंशलाललाई समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्