Logo

रामेछापमा आगलागीस् एक किशोरीको मृत्यु


रामेछापमा आगलागीमा परेर अपाङ्गता भएकी एक किशोरीको ज्यान गएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वर बस्ने १८ वर्षकी मिनकुमारी मगरको ज्यान गएको प्रहरी स्रोतको जानकारी रहेको छ ।

उहाँका अनुसार अस्ति दिउँसो मगर गोठमा एक्लै रहेका बेला आगलागी भएको थियो । आमा चन्द्रकुमारी मगर बाख्रालाई खोले बसालेर खेतबारीमा काम गर्न गएका बेला गोठमा आगो सल्किएको बुझिएको छ ।

ज्यान गुमाएकी मगर हिँडडुल गर्न र बोल्नसमेत नसक्ने हुनुहुन्थ्यो । आगलागीबाट गोठ पूरै जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्