Logo

नेकपा एमालेको सचिवालय बैठक बस्दै, स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्ने


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको रहेको स्रोतको जानकारी रहेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्